प्रधानमन्त्रीले भने, ‘विदेशमा रहेका नेपाली ल्याउँछौं ।’
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना माहामारीको पीडामा रहेका विदेशस्थित नेपालीलाई स्वदेश फिर्ता ल्याउन पहल भइरहेको बताएका छन् ।
आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्ना नागरिकप्रति सरकार जिम्मेवार रहेको बताए । सम्बोधनमा ओलीले माहामारी फैलनमा सीमामा स्वास्थ्य परिक्षण नहुनु पनि एउटा कारण रहेको बताए । उनले जनताको पारस्परिक सम्बन्धले मात्र कोरोना नियन्त्रणमा सहज हुने बताए । माहामारी नफैलिओस् भन्नेमा सचेत रहन आग्रह गदैै प्रधानमन्त्री ओलीले कोरोनाका विषयमा जनतामा फैलाइने भ्रमप्रति सजग रहन भने ।
प्रधानमन्त्रीले माहामारीका कारण दुई दिनअघि सुरु हुने तयारी भएको एसइईका परीक्षार्थीको शैक्षिक वर्ष खेर नजाने गरी सरकारले आवश्यक पहल गर्ने उल्लेख गरे ।
प्रधानमन्त्रीले सामाजिक दुरीलाई ख्याल गरी कृषि कार्यमा जोडिनका लागि पनि नागरिकलाई सुझाव दिए । कोरोनाका कारण थपिने, गरिबी र बेरोजगारी हटाउन कृषिमा जोड दिइनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
आफ्नो आनी बानीमा सचेत हुँदा कोरोना विरुद्द लड्न सकिने उल्लेख गर्दै सरकार कोरोना विरुद्द प्रतिरक्षा क्षमता बढाउन लागिपर्नु पर्ने बताए ।