संक्रमितलाई अस्पतालले भर्ना लिएन, मन्दिरमै रात कटाए

लोकखबर
२१ जेष्ठ २०७७, बुधबार १३:२१

मकवानपुर । कोरोना संक्रमित पुष्टि भएकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएपनि अस्पतालले भर्ना नलिएपछि संक्रमितले मन्दिरको हलमा रात काटेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिकाका कोरोना संक्रमितको अस्पतालले उपचारका लागि भर्ना नलिएपछि उनीहरु मन्दिरको हलमा रात कटाउन बाध्य बनेका हुन् ।
वेड अभाव भएकाले कोरोना संक्रमितलाई भर्ना लिन नसकिएको अस्पतालको भनाई छ । अस्पतालमा वेड नभएको र भएका आइसोलेसन वेडहरुमा संक्रमितहरु भरिएकाले नयाँ संक्रमितलाई भर्ना लिन नसकिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले स्वीकार गरे ।
संक्रमितहरु उपचारका लागि मंगलबार राती ८ बजे पुगेको बताइएको छ । अस्पतालमा बेड अभाव भएकाले संक्रमितलाई सम्झाई बुझाई पठाइएको अस्पतालले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*