कर्णालीमा थप १६ जना संक्रमित

लोकखबर
२१ जेष्ठ २०७७, बुधबार १४:३८

मकवानपुर । सल्यान, दैलेख र कालिकोटका १६ जनामा आज (बुधबार) कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या थप भएको हो ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेशण प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*