विहानैबाट निरन्तर वर्षा
![](https://www.lokkhabar.com/wp-content/uploads/2020/06/RainWater.jpg)
मकवानपुर । शुक्रबार (आज) विहानैबाट मकवानपुरका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू–भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिन भरजसो र राति पनि मुलुकका बिभिन्न भू–भागमा वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू–भागमा वर्षा भइरहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुनेछ । यो क्रम रातिसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।