सामाजिक दुरी कायम गरी विकास निर्माण

रामकुमार दानी
२३ जेष्ठ २०७७, शुक्रबार ०९:४९

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि सरकारले जारी गरेको लकडाउनमा पनि मकवानपुरका अधिकांशस्थानमा भने विकास निर्माण कार्यले भने तिब्रता पाइरहेको छ ।
विभिन्न स्थानमा सामाजिक दूरी कायम गरी निर्माण कार्यलाई अगाडी बढाइरहेको पाइएको हो । अहिले काठमाडौ- सिस्नेरी-हेटौंडा अन्तर्गत भीमफेदी कुलेखानी खण्डमा कटिङको काम सकिएको छ ।
कटिङपछि उक्त खण्डको जोखिम बाटो अहिले करिब सात मिटर निर्माण भएको छ । मोतिदान कन्ट्रक्सनबाट निर्माण भइरहेको बाटोमा अहिले धमाधम वाल लगाउने काम भइरहेको कम्पनीका प्रोजेक्ट म्यानेज एस के ज्वाला कार्कीले जानकारी दिए । काठमाडौदेखि हेटौंडा जोड्ने छोटो बाटो भएकोले बागमती प्रदेश सरकारले यो बाटोलाइ महत्वपूर्ण रुपमा लिएको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, यातायात निर्देशनालयका निर्देशक डाक्टर सहदेवबहादुर भन्डारी लागायतको टोलीले बेलाबेलामा अनुगमन गरेर निर्माण कार्यलाइ थप सहयोग मिलेको कार्कीले बताए ।
भीमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष जीवन लामा लगायत स्थानीय जनप्रतिनिधिले पनि निर्माण कार्यमा भरपुर सहयोग गरेको कार्कीले बताए ।
मोतिदान कन्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर रामबहादुर गौतमले निर्माण कार्यमा सबै कुरा सहज भएकोमा खुशी लागेको बताउँदै लक डाउनको मौका छोपेर निर्माण सामाग्रीमा गरिएका मूल्यवृद्दिले आफूहरु मारमा परेको बताए ।‘जोखिमको समयमा काम गरेको छौं तर निर्माण सामाग्रीको मूल्यवृद्दिका विषयमा सरोकारवाला मुकदर्सक हुँदा काम गर्ने जाँगर हराउँदै गएको छ ।’ डाइरेक्टर गौतमले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *