राशीफल:

यस्तो छ आजको राशीफल

लोकखबर
२४ जेष्ठ २०७७, शनिबार ०५:५८

आज मिति २०७७ जेठ २४ गते शनिबार । ज्योतिष फलादेश अनुसार आजको राशीफल यस्तो छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिनमा मेष राशी हुनेलाई अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थमा समस्या देखिन सक्ने भएकाले आफ्नो ख्याल गर्नुपर्ने देखिन्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको दिनमा वृष राशी हुनेलाई आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँनसक्छ भने शत्रुहरुसँग सचेत रहनुपर्ने देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशी भएकालाई प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सचेत रहनुपर्ने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजका दिनमा कर्कत राशी हुने अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्नसक्ने भएकाले सचेत रहनुपर्ने छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजका दिनमा सिंह राशी हुनेको व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशी हुनेलाई आजको दिनमा अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा शुभ नहुन सक्ने भएकाले संयम रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजका दिनमा तुला राशी हुनेलाई निर्णय लिन द्विविधा हुनसक्छ । प्रेममा बाधा आउनसक्छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजका दिनमा वृश्चिक राशी हुनेलाई पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजका दिनमा धनु राशी हुनेलाई नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजका दिनमा मकर राशी हुनेलाई चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवना छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आजका दिनमा कुम्भ राशी हुनेलाई जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आजका दनमा मीन राशी हुनेलाई सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

नोट:राशीफलले जे जस्तो भनेपनि आफूले गर्नुपर्ने कर्म छाड्नुहुन्न ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*