मकवानपुरको बकैयामा जिप दुर्घटना

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–३ जलजलेमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
हात्तिसुँडेबाट हेटौंडातर्फ आउँदै गरेको ना। १ ज २९७२ नम्बरको टाटा सुमो यान्त्रिक गडबडीका कारण सडक छेउमा पल्टिँदा सुमोमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते हुनेमा बकैया-८ बस्तीपुरका ४८ रामबहादुर गोले, ४० वर्षीया सुनिता योञ्जन, २४ वर्षीया सम्झना योञ्जन, ३७ वर्षीय जीतबहादुर गोले र ४५ वर्षीय बुद्धिलाल गोले रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी सुनितालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र अन्य घाइते स्थानीय मेडिकलमा उपचार गराइ घर फर्किएको डीएसपी रानाले बताए । जिपचालक भने फरार रहेको प्रहरीले बताएको छ । इकान्तिपुरबाट