आजको मौसम :

वर्षा जारी, निसर्ग आँधीको प्रभाव कम

लोकखबर
२४ जेष्ठ २०७७, शनिबार ०७:२३

मकवानपुर । मकवानपुर लगायत देशभर हिजोबाट निरन्तर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
पूर्व, मध्य र पश्चिमका केही तथा मध्य पश्चिम र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भएको जनाइएको छ । सबै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ ।

निसर्ग आँधीको सामान्य प्रभाव रहेको र प्रभाव कम हुने क्रममा भए पनि न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् ।

आज (शनिबार) दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्ण बदली रही बाँकी भू-भागको मौसम सामान्य बदली हुनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*