हेटौंडा-काठमाडौं छोटो मार्गमा पहिरो

लोकखबर
२४ जेष्ठ २०७७, शनिबार ०८:०८

मकवानपुर । मकवानपुरको भीमफेदी ६, जुरिखेत, चिसापानी गढी नजिक पहिरो गएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गमा पहिरो गएको हो ।
हिजोदेखिको निरन्तर वर्षाको कारण पहिरो गएको हो । अहिले छोटो मार्गको सडक निर्माण कार्य भइरहेकाले पनि पानी निरन्तर परेकाले पहिरो गएको सडक निर्माण गरिरहेको मोतिदान कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर एसके ज्वाला कार्कीले जानकारी दिए । कार्कीका अनुसार पहिरो पन्छाउनका लागि अहिले प्रहरी पुगिसकेको छ ।
लक डाउनको समयमा पनि भीमफेदी–कुलेखानी सडक निर्माण कार्य अहिले धमाधम भइरहेको छ । कोरोना माहामारी नियन्त्रणका लागि गरिएको लक डाउनको समयमा सामाजिक दुरी कायम गरी सडक निर्माण कार्यलाई तिब्रता दिइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*