कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या १२ पुग्यो

मकवानपुर । नेपालमा कोरोना भाइरस (कोभिड १९ ) बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । आज ( शनिबार) कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु पुष्टि भएको हो।
मृत्यु हुनेमा डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षिय पुरुष रहेका छन् ।
उनी जेठ १८ गते नेपालगञ्ज- सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।
उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले पुष्टि गरेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।