कांग्रेसले भन्यो, ‘घर फर्कन चाहाने सबैलाई सरकारकै खर्चमा ल्याउनुपर्छ । ’

लोकखबर
२४ जेष्ठ २०७७, शनिबार १६:१८

मकवानपुर । कोरोना भाइरसका कारण विदेशबाट स्वदेश फर्कन चाहाने सबै नेपालीलाई घर फर्कने व्यवस्था मिलाउन सरकारसंग नेपाली कांग्रेससंग माग गरेको छ ।

विश्वको जुनसुकै कुनामा रहेका भएपनि नेपालीलाई आफ्नो घर फर्कने अधिकार रहेको भन्दै नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागले प्रेस विज्ञप्ति जारी गर्दै सरकारसंग यस्तो माग गरेको हो ।

विभागका प्रमुख गोविन्द भट्टराईले जारी गरेको विज्ञप्तिमा,‘विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनुपर्छ ।’ भनिएको छ ।

विश्व नै कोरोनाको माहामारीमा जुधिरहेको अवस्थामा रोजगारी गुमाका र नेपाल आउन खर्च जुटाउन नसकेकालाई मात्र नभई घर पर्कन चाहने सबैलाई सरकारले आफ्नै खर्चमा स्वदेश ल्याउनुपर्ने कांग्रेसको माग छ ।

विदेशबाट आएकालाई मापदण्ड बमोजिमको क्वारेन्टाइनमा राख्न पनि विभाग प्रमुख भट्टराईले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*