सामान्य भएपनि मास्क लगाउनुपर्ने डब्लुएचओको सुझाव

लोकखबर
२४ जेष्ठ २०७७, शनिबार १६:४५

मकवानपुर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वस्थ व्यक्तिले पनि अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ ।
विशेषगरी सार्वजनिक स्थलहरुमा जाँदा स्वस्थ मानिसलाई मास्क नचाहिने बताएको डब्लुएचओले आफ्नो भनाई सच्चाएको हो ।
सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा कपडाकै भएपनि मास्क लगाउनुपर्ने संगठनको सुझाव छ । भाइरस छुक, छिटाबाट सर्ने भएकाले सामान्य मास्कले पनि थुक तथा छिटाबाट बचाउने भएको भन्दै डब्लुएचओले मास्क सबैलाई आवश्यक पर्ने प्रष्ट पारेको हो ।
सार्वजनिक यातायात, बजार, शरणार्थी शिविरजस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्लुयूएचओको सल्लाह छ । अहिले विश्वका धेरै मुलुकले डब्लुएचओले भनै झैं सामान्य भएपनि मास्क अनिवार्य लगाउने गरेका छन् ।
स्वस्थ व्यक्तिले सामान्य मास्क लगाएपनि हुने तर वृद्घले मेडिकल मास्क प्रयोग गर्नुपर्ने डब्लुएचओको सुझाव छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*