यस्तो छ आजको राशीफल

आज मिति २०७७ साल जेठ २९ गते विहीबार । कस्तो छ त आजको राशीफल हेरौं ।
मेष : विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ ।
बृष : बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मिथुन : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ ।
कर्कट : अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
सिंह : सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ । प्रेमको बन्धन कसिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ ।
कन्या : आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ ।
तुला : नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।
बृश्चिक : मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ ।
धनु : नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै काम बन्नेछ । सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूकोे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
मकर : प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला ।
कुम्भ : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ ।
मीन : चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ