नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो, सडक अवरुद्द

लोकखबर
३ असार २०७७, बुधबार ०७:३०

मकवानपुर । आज (बुधबार) विहानैबाट पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्द भएको छ ।
नारायण- मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विहान सवा चार बजे पहिरो गएको जनाइएको छ ।
यो सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्ग हो । पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको छ ।
लगातार परेको पानीका कारण पहिरो गएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*