वडा कार्यालयले दियो किसानलाई मल र विरुवा

लोकखबर
२०७७ असार ३, बुधबार ०९:२५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, वडा कार्यालयले किसानहरुको सुविधाको लागि मल वितरण गरेको छ ।
करिब ६० बोरा मल, नाफा नलिई परेकै मूल्य १६ रुपैंया प्रतिकिलोमा उपलब्ध गराईएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, का अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताए । यस्तै, वडा कार्यालयले वडाका २२ वटा टोल विकास संस्थालाई लिच्ची, आँप, कागतीको विरुवा समेत निशुल्क वितरण गरेको छ । एक कार्यक्रम आयोजना गर्दै पन्ध्र सय आँप, पन्ध्र सय लिच्ची र पाँच सय वटा कागतीको विरुवा वितरण गरिएको वडा सदस्य रामचन्द्र न्यौपानेले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको