गजल

तल्लोजात भनी चुपचाप समाजको कार्य टेरिदो रहेछ।
अनि जातको आधारमा नै त मानिसलाई हेरिदो रहेछ।
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भने पनि
अन्तरजातिको नाममा नै घृणाको डोरीमा बेरिदो रहेछ
बाहुनको छोरीको तल्लोजात सङ्ग माया बस्यो भनेर
निर्दोष पुरुष खोलामा फ्यालेर अस्तित्व फेरिदो रहेछ
गरीब अनि सोझो छन् उनी भनेर नै होला सयाद
अग्र पङ्गतिमा आफू बसि गरीबलाइ नै घेरिदो रहेछ।
आफ्नो मानवता बेचेर उनिलाइ नै तल झारिन्छ अनि
शानसङ्ग आफुले नै आफ्नो मानचित्र कोरीदो रहेछ।
जीएस निकेतन, हेटौंडा