लकडाउनले तरकारी बारीमै, बजार भाउ नपाएको गुनासो

रामकुमार दानी
८ असार २०७७, सोमबार १५:४२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउपालिका वडा नमर ८ गगटेका ३५ वर्षिय मान बहादुर लामा भोलन चार बर्षको दुवइ बसाइ पश्चात् नया सपना बोकेर स्वदेश आए । गरे के हुदो रहेनछ र भन्ने भनाइलाई आत्मसात गर्दै नेपाल आएका लामा विगत दश वर्षदेखि कृषि पेसामा तल्लीन् छन्।
खाडी मुलुकको मरुभूमीमा पसिना बगाउनुभन्दा आफ्नै स्वदेशी भूमीको माटोमा केही गरेर सफल व्यवसायी बन्ने सपना बोकेर उनी नेपाल आए । अनि, ललितपुरस्थित भैसेपाटीमा करिब दश रोपनी जगा भाडामा लिएर उनले तरकारी खेती व्यवसाय सुरु गरे । गोलभेडा काँक्रो खुर्सानी धनिया जस्ता हरियो तरकारी व्यवसाय करिब आठ वर्ष ललितपुरको भैसेपाटीमै संचालन गरे ।
युवा कृषि व्यवसायी लामाले फेरि सोच बदल्दै अर्काको जगामा महगो भाडा तिर्नुभन्दा आफ्नै बारीमा व्यवसाय संचालन गर्ने सोच बनाएर दुइ वर्र्ष अघि भीमफेदी गाउपालिका वडा नमर आठ गंगटेमा आएर पुन : तरकारी व्यवसायलाई अगाडी बढाए । उनले अदुवा खुर्सानी लसुन जस्तो तरकारी व्यवसाय गर्दै आएका लामाले अहिले करिब बीस रोपनी जगामा बन्दा र भिडेखुर्सानी लगाएका छन् । तर, कोरोना भाइरस (कोभिड १९) को कारण बजार अस्तव्यस्त छ । दैनिक वर्षाका कारण कान्तिलोकपथ बन्द भएपछि हुर्किएको तकारीलाई बजार लान नसक्ने भएपछि करिब तीस टन बन्दा र खुर्सानी बारीमै कुहिने भएको छ ।
कृषिमा भरपुर लगानी गर्ने संघ, प्रदेश र स्थानीय सरकारसंग युवा कृषि व्यवसायी लामाले आफूले गरेको मेहनत यातायात अवरुद्द र बजार भाउ पनि नहुदा बारीमा फलेको तरकारी बारीमा फाल्नुपर्ने अवस्था भयएकोले यसको क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ ।
कृषि क्रान्ति नै गर्ने सोचले अरु पेशमा नगई आफूले यो पेशा अपनाएको लामा बताउँछन् । आफूले फलाएको तरकारीले बजार नपाएकोमा उनले लोकखबरसंग गुनासो पोखे, ‘यसको भागिदार सरकार हो । सरकारले मेरो पसिना बराबरको क्षेतिपूर्ति व्यहोर्नुपर्छ ।’ लामा भन्छन्, ‘झोले कृषि व्यवसायीले झोलामै कृषि व्यवसाय गरेर लाखौं रुपैया अनुदानको नाममा झ्वाँम पार्छन् । मैले त आफ्नै करिब दुईलाख रुपैया लगानी गरेर तरकारी व्यवसाय गरेको छु ।’
राजमार्गजस्तो बाटो सानो पानी आउदैमा बन्द हुने समस्या र किसानले उत्पादन गरेको तरकारीको बजारभाउ सरकारले न तोकिँदिदा समस्या परेको उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*