कोरोना माहामारीमा वर्षा, कस्तो होला आजको मौसम ?

लोकखबर
९ असार २०७७, मंगलवार ०८:२३

मकवानपुर । केही दिनदेखि मकवानपुर लगायत देशभरको मौसम बदली भइरहेको छ । देनिक जसो पानी परिरहेको छ । वर्षाका कारण मकवानपुरको हेटौंडा देखि काठमाडौंसम्म जाने सडक अवरुद्द हुन पुगेका छन् । भीमफेदी, कुलेखानी हुँदै काठमाडौसम्म जाने र कान्तिलोकपथ हुँदै काठमाडौंसम्म जाने सडक वर्षाका कारण अवरुद्द हुन पुगेका थिए । लक डाउनका बेलामा सडक अवरुद्द हुँदा ठूलो मात्रामा सवारी साधनलाई असर नपरे पनि अत्यावश्यक सेवा लिनका लागि भने एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने सवारीलाई समस्या भइरहेको पाइएको छ । कोरोना भाइरसको विपदको माहामारीमा वर्षा सुरु हुन थालेसंगै थप चुनौतीहरु थपिएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) सामान्यतया बदली हुनेछ । अहिले देशभर नै मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेका छ । मौसम विद्हरुका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*