वर्षाका कारण भीमफेदी-कुलेखानी सडक निर्माण प्रभावित

रामकुमार दानी
९ असार २०७७, मंगलवार ०९:३२

मकवानपुर । केही दिनदेखि निरन्तर परेको पानीका कारण पहिरो नै जान थालेपछि बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने सबै भन्दा छोटो बाटो भीमफेदी-कुलेखानी सडक खण्डको मोटरबाटो निर्माण कार्य रोकिन थालेको छ ।
मोतिदान कन्ट्रक्सन मार्फत सो सडकमा १६ किलो मिटर सडक निर्माण कार्य भइरहेको छ । बाटोको अहिले कटिङको काम सकिएर वालको काम भइरहेको कम्पनिका प्रोजेक्ट म्यानेजर एस के ज्वाला कार्कीले जानकारी दिए ।
सडकभित्र पर्ने रुखहरुको कटिङ र त्यसको व्यवस्थापन गरी सम्बन्धित सव डिभिजन कार्यालयलाई बुझाइ सकिएको कार्कीले बताए । कार्कीले भने,‘ वि.सं.२०७२ मा आएको भूकम्पको कारण पनि बाटो निर्माण गर्दा बढी क्षेती भएको अनुमान गर्न थालिएको छ । ’ भूकम्पका कारण चर्किएर बसेको पाखा र अहिले हेवी वेटको मेसिन लगाउँदा हल्का पानी आउदासाथ पहिरो खस्ने समस्या बढेको कार्कीले जानकारी दिए ।
‘सानो पानी आउनासाथ पहिरो खस्न थाल्छ । अहिले कम्पनीको दुइवटा मेसिन पहिरो पन्छाउन मानै प्रयोग गरिएको छ ।’ कार्कीले भने । अहिलेको यो समयमा यात्रा गर्दा यो बाटो भएर भन्दा अन्य मार्ग भएर हिड्दा सुरक्षित भइने भएकाले अन्य मार्ग भएर यात्रा गर्न पनि उनले अनुरोध गरे ।
सडक खण्डमा अहिले वाल रिट्यानिङ पल्म को काम भैरहेको र कोरोना भाइरसको जोखिममा पनि समाजिक दूरी कायम गर्दै निर्माण कार्यलाई अगाडी बढाइएको पाइएको छ । ‘यो वर्षाको बेलामा पनि सडक निर्माणको कामलाइ तीब्र रुपमा अगाडी बढाइरहेका छौं ।’ साइड इन्जिनियर आन्तोन नेपालले लोकखबरलाई जानकारी दिए । इन्जिनियर नेपालले भने, ‘यही रफ्तारमा कामले गति लिने हो भने हामी समय सिमा अगाडी निर्माण कार्य सम्पन्न गरिसक्छौं ।’
मोतिदान कन्ट्रक्सनका प्रबन्धक रामबहादुर गौतमले सडक निर्माणकाको क्षेत्रमा आवश्यक प्रकृया, डकुमेन्ट पुर्‍याएर काम गरिरहेको बताए । ‘यो योजना बागमती प्रदेश सरकारको गौरवको योजना हो । समयमै निर्माण कार्य पूरा गरेर प्रदेश सरकारलाई लाई बुझाउछौं । ’ प्रबन्धक गौतमले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*