सिमलटारमा खेल मैदान निर्माण सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ मा खेलमैदान निर्माण कार्य सुरु गरिएको छ ।
सिमलटार टोल विकास संस्था र सिमलटार युवा क्लवले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को दुईलाख ३४ हजार रुपैया आर्थिक सहयोगमा खेलमैदानको निर्माण कार्य सुरु गरिएको नेकपा, हेटौंडा ११ का वडा सदस्य कालुराम दर्लामी मगरले जानकारी दिए ।
सिमलटार युवा क्लबका सचिव तथा सिमलटार टोल विकास संस्थाका सचिव पेमा दोर्जे घिसिङका अनुसार दुई विगाह ७ कठ्ठा जमिनलाई सम्याएर खेल मैदान निर्माण गर्न थालिएको हो ।