भीमफेदी गाउँपालिकाले किसानलाई नि:शुल्क युरिया मल दिने

मकवानपुर । ‘माहामारीले सबै युवा गाउघर, बाँझो जमीन बनाउ उर्वर’ भन्ने नाराका साथ मकवानपुरको भीमफेदी गाउपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५६ करोड ८७ लाख ५४ हजारको कोष प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।
बुधबार गाउँपालिकाको छैठो गाउसभाको बैठकमा आगामी आर्थिक वर्षको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम गाउपालिकाका उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गरिन् । ‘गाउपालिकाको चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा रोजगारी, कृषि, पशु–पालन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।’ गाउपालिकाका अध्यक्ष हिदम लामाले जान कारी गराए । ‘आगामी आर्थिक वर्षको बजेटमा वन तथा वातावरणमा एक करोड ६४ लाख आर्थिक विकास, चार करोड ६६ लाख सामाजिक विकास, पाँच करोड पूर्वाधार विकासका लागि १६ करोड, सुशासनतर्फ ६७ करोडको बजेट सार्वजनिक गरेका छौं ।’ अध्यक्ष लामाले भने ।
गाउपालिकाका किसानलाई युरिया मल निःशुल्क वितरण गरिने भएको छ । खरको छानो विस्थापित गर्ने कार्य पनि सुरु गरिने अध्यक्ष लामाले जानकारी दिए ।
कार्यक्रममा गाउपालिकाको ९ वटै वडाको निर्नाचित जनप्रतिनिधी र कार्यपालिकाका सदस्य, कर्मचारी लगायतको उपस्थिति थियो ।