मनहरीमा जिससको अनुगमन टोली

लोकखबर
११ असार २०७७, बिहीबार २१:३६

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले आज (बिहीबार) मनहरी गाउँपालिकाको अनुगमन गरेको छ ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वको टोलीले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका साथै सामाजिक, आर्थिक उपलब्धी लगायत समग्र अवस्थाका बारेमा अनुगमन गरेको हो ।

अनुगमनपछि छलफलका गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिल्ला समन्वय समितिको भूमिकाले आफूहरुलाई काम गर्न सहजता मिलेको बताए ।

अनुगमनका क्रममा जिल्ला समन्व्य समितिको टोलीले गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत गरेको थियो । छलफलमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, सामाजिक, आर्थिकल विकासगायत समग्र अवस्था तथा समस्याका बारेमा गाउँपालिका अध्यक्ष उप्रेती सहित कर्मचारीले जानकारी गराएका थिए ।

अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट ३४ करोड ४३ लाख, प्रदेश सरकारबाट १ करोड ४७ लाख र आन्तरिक स्रोतबाट १९ करोड ५० लाख आम्दानी भएको बताए । सो मध्ये चालु तर्फ २५ करोड ९२ लाख मध्ये १८ करोड ६२ लाख र पुँजीगत तर्फ ३६ करोड ७ लाख मध्ये १३ करोड ७२ लाख खर्च भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा ५ करोड बेरुजु रहेको मध्ये करीब ४ करोड फर्छयौट भईसकेको पनि उनले जानकारी दिए ।

अनुगमनका क्रममा जिससको टोलीलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा भौतिक निर्माण तर्फको उपभोक्ता समिति मार्फत ३ सय २२ वटा र ठेक्का मार्फत ४४ वटा योजना रहेकोमा अधिकांश सम्झौता भइसकेको र केहीको भने सम्पन्न हुन बाँकी रहेको जानकारी दियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक विकासतर्फ कृषि क्षेत्रलाई विशेष प्राथमिकताका साथ विभिन्न अनुदान कार्यक्रम, दुग्धमा अनुदान, विद्यार्थी संख्याको आधारमा अनुदानमा शिक्षकको व्यवस्था, विषादि रहित तरकारी उत्पादन, बालमैत्री स्थानीय तह घोषणा, सामाजिक सुधार ऐन निर्माण गरेर कार्यान्वयन, एकिकृत बोटे बस्ती निर्माण, तीन सय विपन्न परिवारको स्वास्थ्य बीमा, खरको छानामुक्त गाउँपालिका निर्माण लगायतका उपलब्धी मूलक कार्यक्रम संचालन गरिएको जानकारी दियो ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले जनतासंग प्रत्यक्ष जोडिने र नजिकको सरकारको अनुभूति हुने गरी काम गर्न सुझाव दिए । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य गणेश कुमारी प्रधान, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जनलगायतको सहभागिता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*