सरकार अब त गम्भिर हुनैपर्छ !
सरकार अब त गम्भिर हुनैपर्छ ! जनमत टुट्दैछ । यातायात क्षेत्र डुविसक्यो । ८० दिनको बन्दले उद्योग र व्यापार महाचौपटमा छ कसरी कर र घरभाडा तिर्ने विदेशमा रोजगारी गुमी खान समेत अभाव भएको छ । घर फर्किन नपायर अत्तालिनेको संख्या उस्तैछ । अचाक्ली रुपमा अनियमिता देखिन्छ सामान्य बिरामी अस्पताल जाँदा उपचार पाउन अनुरोधले हुदैन । पावर हुनेको सहज छ । कोभिडका रोगीहरुको अवस्था नाजुक बन्दैछ । ज्यान गएपछि पीसीआर परिक्षणको रिपोट पोजेटिभ समाचारमा ८० प्रतिशत भनेर आउँछ । यसले जनतामा के म्यासेज जाला ? अर्थमन्त्री ज्यूले भाषणमा देश टाट पल्टिसक्यो कर बढाउन पर्याे भन्नुहुन्छ । सरकारी सुविधा ज्युँका त्यँु छ । अब यसरी आउने दिनमा कसरी चल्छ ? समयमा सोच गर्नुपर्ला । नेतृत्व तह कुर्सीमा अल्झियर पदका लागि झगडा गरेर बस्ने बेला होईन । असल काम गर्न जसले जहाबाट गरेपनि हुन्छ । समय भड्किएको छैन । सोच विचार गर्नु नै उचित होला ?