भीमफेदी इपाका किसान सलहबाट धानको ब्याड जोगाउने चिन्तामा
मकवानपुर । आइतबार नेपाल प्रवेश गरेको सलह किरा मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नमर ८ इपापन्चकम्यामा प्रवेश गरेर मकै बाली र धानको ब्याड नस्ट गर्न थालेको छ ।
सोमबार बिहान छ बजेतिर एउटा सलह किरा देखिएको र करिब तीन घन्टा पछि करिब चार सयको संख्यामा एक हुलमा सलह किरा बारीमा प्रवेश गरेको हो । स्थानीय राजेन्द्र खड्काका अनुसार किराले धानको ब्याड, मकैको धान जमरा, पात र मकैको जुँगा खाइरहेको छ । करिब सात सय रोपनी जगामा फैलिएको सलह किराले बाली नस्ट गर्न थालेपछि किसान चिन्तित छन् । उनले भने,‘पाक्न लागेको मकै र रोप्नी बेला भएको धानको ब्याड कसरी जोगाउने भन्नेमा किसानलाइ हम्मेहम्मे परेको छ । ’
कोरोना भाइरसको माहामारीकै बेला इपापन्चकन्यामा सलह किरा प्रवेश गरेपछि किसान थप चिन्तित बनेका छन् । ‘कोरोना माहामारीमा सलह आएको छ । यसको रोकथामको लागि स्थानीय, प्रदेश र संघ सरकार तदारुकताका साथ नलाग्ने हो भने यहाँका किसान रोगले भन्दा भोकले मर्छन् । ’ खड्काले लोकखबरसंग दुखेसो पोखे ।