अपडेट : धिताल परिवार दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु

लोकखबर
१६ असार २०७७, मंगलवार ०८:२७

मकवानपुर । गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार गाडी दुर्घटनामा अर्का एक जना गम्भीर घाइतेको मृत्यु भएको छ ।
धितालका छोरा १७ वर्षिय अनुज धितालको पनि मृत्यु भएको छ । चितवनको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा धितालका छोराको पनि मृत्यु प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बेहोस अनुजको उपचारका क्रममा आज विहान साँढे चार बजे मृत्यु भएको परिवारले जनाएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सवारी चालक राजन घिमीरेको उपचार भइरहेको छ । घाइतेहरु कृष्ण धिताल, छोरी वर्षा धिताल भने खतरामुक्त अवस्थामा रहेको जनाइएको छ ।
काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय एनएल ०१ क्यु ५१०६ नम्बर प्लेटको ग्याँस बुलेटले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा हिजो सोमबार ठक्कर दिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*