अति विपन्न दलित परिवारलाई जिविकोपार्जन सहयोग

लोकखबर
१९ असार २०७७, शुक्रबार १८:२८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का ८ जना अति विपन्न दलित परिवारलाई जिविकोपार्जनका लागि सहयोग गरिएको छ ।
वडाका ३ जनालाई आरन सामग्री र अन्य पाँच जनालाई आवश्यक अन्य सामग्री आज वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
वडाका अध्यक्ष महारत्न लामाका अनुसार वडाका अति विपन्न दलित परिवारलाई जिविकोपार्जनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पचास हजार रुपैंयाको सामग्री सहयोग गरिएको हो ।
वडा अध्यक्ष लामाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण भएको कार्यक्रममा कार्यपालिका सदस्य पातलीमाया गोङ्बा, वडा सदस्य मिनु विश्वकर्मा, टोल विकास समन्वय समितिका अध्यक्ष सिंहबहादुर विश्वकर्मा, वडा सचिव कृष्ण क्षेत्रीको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*