भीमफेदीका चेपाङको स्वास्थ्य वीमा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आर्थिक रूपमा विपन्न सिमान्तकृत चेपाङ परिवारका लागि स्वास्थ विमा गरिदिएको छ ।
गाउँपालिकाले एक सय ४० परिवारको पाच सय ५९ जनाको स्वास्थ बिमा गरिदिएको गाउपालिकाको अध्यक्ष हिदम लामाले बताए । लामाले भने, ‘स्वास्थ उपचारको अभावले कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर वीमा कार्यक्रम ल्याइएको हो ।’ ०७६/७७ को पाँच लाख अठ्ठाइस हजार दुई सय रुपैंया बजेट विनियोजन गरेर एक करोड एघार लाख असी हजार बराबरको उपचार पाउने अध्यक्ष लामाले बताए । लामाका अनुसार गएका वर्ष जस्तै आउने बर्षहहरुमा पनि गाउँपालिकाको समग्र स्वास्थ शिक्षा लगायत जनताको हितमा काम गरिनेछ ।
गाउँपालिकाले वितरण गरेको वीमा काड ग्रहण गर्दै चेपाङहरुले गाउपालिकाको अध्यक्ष लामालाइ धन्यवाद पनि दिएका छन् । कार्यक्रममा भीमफेदी गाउपालिकाको ५ नम्बर वडा अध्यक्ष जाहारसिं लामा, वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा लगायतको आतिथ्यता थियो ।