देशभर बदली र वर्षा, केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

लोकखबर
४ श्रावण २०७७, आईतवार ०९:४३

काठमाडौँ । देशभरको मौसम बदली भइ धेरै स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपाल तिर सरेकाले देशभर बदली तथा वर्षा भएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरी राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नदी तथा खोला आसपासका बासिन्दा तथा पहिलो सम्भावित क्षेत्रका बासिन्दालाई सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

देशसंचार डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*