मकवानपुरका विभिन्न स्थानमा वर्षाको प्रभाव

लोकखबर
५ श्रावण २०७७, सोमबार १३:५०

मकवानपुर । गएराती देखि परेको अविरल वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँ डुबानमा परेको छ । वर्षाका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेको विभिन्न ठाउँ डुबानमा परेको छ ।

वर्षाका कारण केही घरहरु डुबानमा परेको बताइएको छ भने हेटौंडाका सडकको केही स्थानमा पानी भरिएको छ । सडकमा पानी भरिएका कारण सवारी साधन गुड्नमा समेत समस्या भएको छ ।

वर्षाका कारण मकवानपुरको फाखेलमा एक घर पहिरोले पुरेको जनाइएको छ । प्रहरीका अनुसार फाखेलमा स्थानीय दीपककुमार मोक्तानको घर पुरिएको छ । पहिरोबाट मानवीय क्षति भने भएको छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *