विप्लव समूहका बलद्वारा पार्टी परित्याग, अब नेकपा प्रवेश गर्ने

लोकखबर
६ श्रावण २०७७, मंगलवार २०:५६

मकवानपुर । विप्लव नेतृत्वको नेकपाको युवा संगठनका मकवानपुर जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सोनामसिं बलले पार्टी परित्याग गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३, डोठेका ३२ वर्षिय बलले पार्टी परित्याग गरी स्वतन्त्र जीवनयापन गर्न पाउँ भनी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिदै उनले अब उप्रान्त विप्लव नेतृत्वको नेकपाको कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरे । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, मकवानपुरको प्रहरी प्रमुख सुशीलसिंह राठौर, नेकपा मकवानपुरका नेताहरुको रोहबरमा विगतमा आफू लागेको राजनीतिक यात्रामा भविष्य सुरक्षित नरहेको भन्दै अब उप्रान्त नेकपामा आबद्घ हुने बताएका छन् ।
नेकपा मकवानपुरका जिल्ला कमिटी सदस्य इश्वर ढुंगाना, भूमीनन्द अर्याल, पार्टीका प्रदेश विभाग सदस्य किशोर टन्डन, नेकपा मनहरीका नेताहरु आशा बल, सोमराज लोप्चन, बलकी श्रीमती कल्पना जिम्बा लगायतको रोहबरमा बलले नेकपा (विप्लव) समूहमा रही राज्य विरुद्दको गतिविधीमा सक्रिय रहेकोमा अब आइन्दा सो पार्टी परित्याग गरी सामान्य नागरिक सरह प्रचलित कानूनको अधिनमा रही सामान्य व्यक्ति सरह जीवनयापन गर्नेछु भनी कागज गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पार्टी परित्याग कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नेपालले बललाई आगामी दिनका लागि शुभकामना दिदै स्वतन्त्र जीवनयापनको बाटो रोजेकोमा बधाई दिए ।

नेकपा मकवानपुरका जिल्ला कमिटी सदस्य इश्वर ढुंगानाले विप्लव नेतृत्वको पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने घोषणा गरेका बललाई स्वतन्त जीवनयापनका लागि आफ्नो पार्टीले सकेको सहयोग गर्ने बताए । बलले राज्य विरुद्दका गतिविधी छाडेर शान्तिपूर्ण जीवनयापन गर्न रोजेको बाटो रोजेकोमा खुशी व्यक्त गर्दै नेता ढुंगानाले समृद्द नेपाल, सुखी नेपालीको नारा सत्तारुढ नेकपाले साकार पार्ने बताए । ढुंगानाले विप्लव नेतृत्वको पार्टीमा रहेकालाई शान्तिपूर्ण बाटोमा आउँनका लागि आग्रह समेत गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*