पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा, आजै सुनुवाई हुँदै

लोकखबर
११ श्रावण २०७७, आईतवार १०:३९

हेटौडा । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ हुँदै छ ।

यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय विवादित बनेको छ ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, जबरा र केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ । सर्वोच्चको फैसलाअनुसार साउन ८ मा कोइराला रिहा भइसकेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*