नौबिसे_मुग्लिन सडक ६ दिनपछि दुईतर्फी सञ्चालन
हेटौडा ।पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे_मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ ।
पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको हो।
मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो ।
यसैगरी पहिरोका कारण अवरुद्ध बेनी_जोमसोम_कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।
सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर_मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।खबरहब डटकमबाट