प्रदेश प्रहरी कार्यालय विराटनगरमा २४ प्रहरीमा कोरोना संक्रमण

हेटौंडा ।प्रदेश नम्बर १ मा २४ प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हिजो (आइतबार) एकै दिन १९ प्रहरीमा संक्रमण देखिएसँगै संक्रमित प्रहरीको संख्या २४ पुगेको हो ।
प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ईश्वरबाबु कार्कीले २४ प्रहरीमा संक्रमण देखिएको पुष्टि गरे ।
संक्रमण देखिएपछि स्वास्थ्य परिक्षण, कन्ट्याक्ट ट्रेसिङलगायत कामअघि बढाइएको डीआईजी कार्कीले जानकारी दिए । उनका अनुसार सीमित जनशक्ति राखेर कार्यालयका नियमित र अत्यावश्यक कामहरु भने जारी छन् । खबरहब डटकमबाट