तरकारी बजारमा आगलागी, ११ पसल जले

लोकखबर
१२ श्रावण २०७७, सोमबार ११:३४

हेटौंडा ।सुनसरीको धरान उपमहानगरपालिका ३ मा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ ।

आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको वारुणयन्त्रण र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*