सरकारले युवाको कुरै सुनेन : प्रवक्ता शर्मा

लोकखबर
१२ श्रावण २०७७, सोमबार १३:१६

मकवानपुर ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युवाका कुरा सरकारले नसुनेको आरोप लगाएका छन् ।

१० दिनदेखि अनशनरत युवाहरूलाई काठमाडौंको वसन्तपुरमा भेटेपछि उनले यस्तो बताएका हुन् । “जुन सरकारले जनताले उठाएका माग सम्बोधन गर्छन् ती सफल पनि भएका छन्,” उनले भने, “हामीले सुरुदेखि नै आरडीटी हटाऔं र पीसीआरको संख्या बढाऔं भनेर आवाज उठाएका थियौं तर सरकारले हाम्रो माग पूरा गरेन । युवाको आवाज (कुरै) सुनेन ।”

उनले अनशनरत युवालाई भेटेर पर्याप्त समय हुँदा पनि आफूहरूले राम्रो तयारी गर्न नसकेको बताए । युवाहरूले आफ्नो मात्र स्वार्थ हेरेर आवाज नउठाएको भए सरकार जवाफदेही नहुने उनको भनाइ छ । शर्माले व्यक्तिगत रूपले मात्र नभएर नेपाली कांग्रेसले नै युवाहरूको सत्याग्रहप्रति ऐक्यबद्धता रहेको बताएका छन् ।

उनले सरकारले अघिल्लो अनशनमा जे सम्झौता गरेको थियो त्यो पालना गर्छौं भनेर कार्यान्वयनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । जनताले उठाएको जायज माग पूरा गर्नुपर्ने सरकारको कर्तव्य भएको समेत उनले बताए ।

युवाहरू काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा सत्याग्रहमा बसेका छन् । सत्याग्रहमा रहेका दुईजनाको स्वास्थ्य दिनदिनै बिग्रँदै गएको छ । यसअघि इनफ इज इनफ अभियानले १२ दिनको सत्याग्रहपछि सरकारसँग असार २२ गते १२ बुँदे सहमति भएको थियो । तर सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) सँग १२ बुँदे सहमति भएको दुई साता नाघ्दा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले वसन्तपुरमा सत्याग्रह थालेका हुन् ।

अहिले ‘ई’ र समाइरा श्रेष्ठ अनशनमा छन् भने करण गुरुङले भने अनशन सुरु गरेको सातौं दिनमा स्वास्थमा समस्या देखिएपछाडि अनशन तोडेका थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*