एकैदिन २१ प्रहरीमा कोरोना संक्रमण, संक्रमितको संख्या १४० पुग्यो

लोकखबर
१२ श्रावण २०७७, सोमबार १३:३३

मकवानपुर देशका विभिन्न स्थानमा हिजो (आइतबार) एकैदिन २१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । २१ जना थपिएसँगै प्रहरीमा संक्रमितको संख्या १४० पुगेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उच्च सतर्कता अपनाउन निर्देशन दिइएको प्रहरी प्रवक्ता नीरज शाहीले जानकारी दिए ।

संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ९ असई, ४२ हवल्दार, ७४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।

जसमध्ये तीन महिला र १३७ पुरुष छन् । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयसहित काठमाडौंका १३, भक्तपुरका १, धनकुटाका २, मोरङका २५ छन् । बाराका ७, धनुषाका १२, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो समय संक्रमित प्रहरीको संख्या बढेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*