मनिपालका डाक्टरमा कोरोना संक्रमण, १० दिन अघिसम्मका सबै बिरामीलाई ट्रेसिङ गरिँदै

लोकखबर
१२ श्रावण २०७७, सोमबार १३:४७

मकवानपुर । मनिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माका अनुसार संक्रमण पुष्टि भएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा लगिँदै छ ।

यता, संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी भइरहेको छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले १० दिन अघिसम्मका बिरामीको प्राइमरी ट्रेसिङ गर्ने जनाए । मनिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्ने ती युवक मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् ।

मनिपाल शिक्षण अस्पतालकै आवासमा बस्ने ती युवा चिकित्सक एमबीएस पास गरेर सोही अस्पतालमा पोस्ट ग्राजुयट (पीजी) गर्दै थिए । उनी एमडीका पहिलो ब्याचका विद्यार्थी हुन् ।

मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरुलाई निगरानीमा राख्ने प्रयास भइरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*