मनिपालका डाक्टरमा कोरोना संक्रमण, १० दिन अघिसम्मका सबै बिरामीलाई ट्रेसिङ गरिँदै

मकवानपुर ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार ‘क्रिकेट विश्वकप सुपर लिग’ को घोषणा गरेको छ ।
साउथ ह्यामटनको एजेस बाउल स्टेडियममा ३० जुलाईबाट इङ्ल्यान्ड र आयरल्यान्डबीच हुने तीन खेलको एकदिवसीय सिरिजबाट सुपर लिगको आरम्भ हुने आईसीसीले घोषणा गरेको छ ।
एकदिवसीय क्रिकेटको सन्दर्भमा सुरु भएको सुपर लिगले विश्वकप २०२३ को क्वालिफिकेसनका रूपमा हेरिनेछ । जसमा आईसीसी वरीयताका हिसाबमा शीर्ष सात टिमले स्थान पाउनेछन् ।
सुपर लिगमा १३ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा १२ टेस्ट राष्ट्र र एक नेदरल्यान्ड सहभागी रहनेछ । नेदरल्यान्डले आईसीसी विश्व क्रिकेट सुपर लिग २०१५–१७ जित्दै क्वालिफायर भएको थियो । यिनै सहभागी टोलीले सुपर लिगका आधारमा २०२३ सम्म तीन–तीन खेलको चार–चारवटा सिरिज होम एन्ड अवे खेल्नेछन् ।
“हामी आयरल्यान्डविरुद्ध विश्वकप विजेता इङ्ल्यान्डको सिरिजसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग आयोजनाको सुरु गर्दै छौं । यो लिगले विश्वकप २०२३ का लागि टोली छनोट गर्न मद्दत गर्नेछ । सुपर लिगले विश्वका क्रिकेट प्रशंसकहरूलाई समेत समेट्नेछ । किनकि लिगले क्रिकेट निकै रोमाञ्चक हुनेछ,” आईसीसी महाप्रबन्धक ज्योफ अलार्डिसले भने ।
बाह्रखरी डटकमबाट