सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लोकखबर
१३ श्रावण २०७७, मंगलवार १२:०३

मकवानपुर । सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

अब सुनको भाउ केही दिनमै तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँछन् ।

चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*