ओलीले स्थायी कमिटी स्थगित गरेपछि बैठक राख्न प्रचण्ड बालुवाटार जाँदै

लोकखबर
१३ श्रावण २०७७, मंगलवार १२:२८

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद सतहमा आएको छ ।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक राख्न बालुवाटर जाँदै गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार अहिले प्रचण्ड बालुवाटर जाँदैछन् । प्रचण्डले जसरी पनि बैठक राख्ने तयारी गरेका छन् ।

यसअघिका बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच सहमतिका आधारमा स्थगित भए पनि आजको बैठक भने ओलीले एकल रूपमा स्थगित गरेपछि प्रचण्डले बैठक राख्ने तयारी गरेका हुन् ।

यता प्रधानमन्त्रीको सचिवालयले भने बैठकअघि छलफलका लागि प्रचण्डलाई बोलाइए पनि प्रचण्ड बालुवाटार नपुगेपछि बैठक स्थगित गरिएको जनाएको छ ।

यसैबीच स्थायी कमिटी बैठक फेरि बस्ने सूचना आएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन । उनका अनुसा स्थगित भनेर सूचना दिइएको भएपनि बैठक सञ्चालन गर्ने खबर फेरि पठाइएपछि नेताहरू बालुवाटार पुग्न थालेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*