बालुवाटारमा ओली, दाहाल र खनालबीच वार्ता जारी

मकपानपुर । नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल वार्तामा बसेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी बैठकमा नेकपामा भइरहेको विवाद सुल्झाउने प्रयास भइरहेको एक नेताले जानकारी दिए ।
आज बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएपछि नेकपाभित्र विवादले नयाँ मोड लिएको हो । अध्यक्ष ओलीइतर पक्षका नेताहरू अहिले स्थायी कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् । यता नेकपाका शीर्ष नेताहरुबीच देखिएको विवादले स्थायी कमिटी बैठक नै अनिश्चित बनेको बेला वरिष्ठ नेता झलनाथ खनालले आजको बैठक स्थगित नभएको बताएका छन् ।
बाह्रखरी डटकमबाट