ओलीलाई बैठक नरोक्न भनेको थिएँ, एकलौटी रोक्नुभयो : प्रचण्ड

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आजको बैठक नरोक्न आग्रह गर्दा पनि एकलौटी रोकेको बताएका छन् ।
स्थगति भएको पार्टीको बैठक प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा बैठक बोलाइएको थियो । बैठकमा बहुमत सदस्यको सहभागित रहेको जनाइएको छ ।
आजको बैठकलाई अस्तिको बैठकको निरन्तरताको रुपमा नबुझ्न प्रचण्डले जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए । प्रचण्डलाई उदृत गर्दै उनले भने,”मैले बिहान बैठक नरोकन भनेको थिए । आज सरकारले अहिलेसम्म कोरोनाको रोकथामको लागि गरेका कामहरुको ब्रिफिङ गर्ने र अरु कुरा सचिवालयको छलफलमा नै गरौंला भनेको थिए । उहाँले (ओलीले)एकलौटी बैठक स्थगित गर्नुभयो ।”
बैठकअघि संस्कृति पर्यटन तथा नागरकि उडड्यनमन्त्री योग भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र शंकर पोखरेलबीच कृषि मन्त्रालयमा छलफल भएको थियो ।
उक्त छलफलमा पार्टी गम्भीर जटिलतामा गइरहेको र यस्तो अवस्थामा कसैले पनि अप्रिय निर्णय गर्नबाट रोक्ने सल्लाह दिने सहमति भएको थियो ।बाह्रखरी डटकमबाट