चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल

मकवानपुर । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सिल गरेको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसहितको टोलीले आदर्शनगरस्थित जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको पर्साका सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।
कोरोना संक्रमणको बेला यहाँस्थित विभिन्न उद्योगकहरुले कामदाहरुलाई लुकीछिपी नेपाल प्रवेश गराएको जसले गर्दा वीरगन्जको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आरोप लाग्न थालेपछि प्रशासनले उद्योग अनुगमन कार्यलाई तीब्रता दिएको थियो ।
गत साउन ६ गते जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । उनकै सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा सोमबार आएको रिपोर्टमा अन्य थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि हुनेहरुमा २६, ४८ र ५६ वर्षीय पुरुष रहेका छन् । त्यस पश्चात प्रशासनले उक्त कार्यालयलाई सिल गरेको हो ।खबरहब डटकमबाट