बाजुराको ताम्सुमा पहिरोले घर बगायो, ५० घरपरिवार जोखिममा

लोकखबर
१४ श्रावण २०७७, बुधबार १०:४९

मकवानपुर ।बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ ।

मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए । उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् ।

पहिरो निरन्तर बग्ने हो भने गाउँ नै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताए ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*