सुदूरपश्चिममा कोरोना संक्रमित ४१ सय ८३ पुगे, कैलालीमा ११ सयनजिक

लोकखबर
१४ श्रावण २०७७, बुधबार १२:०६

मकवानपुर । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ८३ पुगेको छ । हिजो ८० जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ८३ पुगेको हो ।

हालसम्म दुई हजार आठ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ९३ जना छन् ।

यस्तै अछाममा ६६७, बैतडीमा ३०७, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २१, डोटीमा ६६३ र कञ्‍चनपुरमा ५१४ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ३ हजार २ सय ६ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*