मंगलबार विश्वमा ४ हजार १५३ संक्रमितको मृत्यु

लोकखबर
२०७७ श्रावण १४, बुधबार १२:४०

मकवानपुर । मंगलबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार १५३ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

सोमबार विश्वमा ५ हजार ४९० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ५० हजार ८०५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६३ लाख ४१ हजार ९०२ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

दक्षिण अफ्रिकामा मात्रै हालसम्म ४ लाख ५२ हजारमा कोरोना संक्रमण देखिसहकेको छ भने ७ हजार ६७ को मृत्यु भइसकेको छ ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको