कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ५० हजार

लोकखबर
१४ श्रावण २०७७, बुधबार १२:५०

मकवानपुर । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ५० हजार ८०५ जनाको मृत्यु भएको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारसम्म कोरोना संक्रमित थपिन थालेका तथ्यांकमा उल्लेख छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*