पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

लोकखबर
१४ श्रावण २०७७, बुधबार १२:५६

मकवानपुर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकमा ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*