एसपीसहित देशभर २०६ प्रहरीमा संक्रमण

लोकखबर
१४ श्रावण २०७७, बुधबार १३:४६

मकवानपुर । प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढेसँगै प्रहरीभित्र त्रास पनि बढ्दै गएको हो ।

देशभर एक एसपीसहित मंगलबार साँझसम्म २०६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९९ जना डिस्चार्ज भएका छन् । पछिल्लो ३ दिनमा प्रहरीमा संक्रमणको दर बढ्दो पाइएको छ ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ३५, उपत्यकाका ९, प्रदेश १ का २७, प्रदेश २ का ३६, गण्डकी प्रदेशका ४५, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिम प्रदेशका २०६ जना छन् । संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई १०, असई १२, हवल्दार ५५, प्रहरी जवान ११८ र कार्यालय सहयोगी चारजना छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*