चुनावी प्रतिबद्दता पूरा गर्दै गाउँपालिका अध्यक्ष हिदम लामा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा आफूले विगतमा गरेका वाचा पुरा गराउँन लागिपरेका छन् ।
उनले अघि सारेका योजना पूरा भएपछि उनी उद्घाटनमा व्यस्त बनिरहेको छ । उनले आइतबार मात्र शिलान्यास भएको मितिले ४५ दिनमा निर्माण पूरा भएको भीमफेदी गाउँपालिकाको ३ र ४ जोड्ने ज्यालटारको राप्ती खोलामा झोलुङ्गे पुल उदघाट्न गरेर निकै चर्चामा आए । पुल बनाउने विषयमा यसअघि कसैको ध्यान नपुगी रहेको अवस्थामा अध्यक्ष लामाले झोलुंगे पुल बनाइदिएपछि स्थानीय निकै खुसी भए । अनि, सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत सो ठाउँमा भएको एउटा तुइन पनि बिस्थापित भयो । सो ठाउँमा पुल निर्माण गर्न लकडाउनले पनि छेकेन । पुल उद्घाटन गर्दै लामाले दिउसै सिरकले मुख छोपेर सुत्ने अनि जन प्रतिनिधीले केही गरेन भन्नेलाई ज्यालटारमा आएर हेर्न पनि आग्रह गरे ।
यस्तै, भोलिपल्ट सोमबार भीमफेदी गाउँपालिका वडा नम्बर ८ साबिक इपापन्चकन्या वडा नमर ५ टोड्के महभिर पुगेर विद्युतीकरण सेवा शुभारम्भ सम्बन्धि स्थानीय जन समुदायको उपस्थितीमा एउटा कार्यक्रम नै आयोजना गरेर बिजुली बत्तीको उद्घाटन गरे साबिक इपापन्चकन्या वडा नम्बर ५ टोड्के महभिरमा बिजुली बत्तीको उद्घाटन गर्न पुगेका गाउँपालिका अध्यक्ष निकै हर्षित देखिन्थे । लामाले विद्युत उद्घाटन गर्दै भने, ‘मैले हिजो तपाईंहरुले लगाएको गुन मैले आज तिर्ने मौका पाएको छु । यदि तपाइहरुले मलाइ भोट नहालेको भए म अहिले यो कार्यमा तपाइँहरुको माझ हुन्नथे । र, यहाँ बिजुली बत्ती पनि बल्ने थिएन । पच्चिस वर्षसम्म प्रधानपन्च इपाकै मान्छे भए तर एउटा माखो पनि मारेन उल्टै यहाँको सोझो जनताको पसिना खाए । ’
अध्यक्ष लामाले बोलेको कुरा सुनेका स्थानीय जनताले ताली पिटेर स्वागत गरे । लामाले भने, ‘मैले तपाईंहरुलाइ चुनावको बेला दिएको प्रतिबद्दता पूरा गर्ने दौडाहमा छु र पूरा गरेर पनि छाड्छु ।’ भीमफेदीदेखि गँगटेसम्म यही टोड्के –महभिर– धार्के हुँदै दुई घन्टामा आवत–जावत गर्न सक्ने मोटर बाटो पनि सम्पन्न गराउने उनले प्रतिबद्दता जनाए । ‘अब केही समय पछि टोड्के आइपुगेको मोटरबाटोलाई महभिर– धार्केतिर खन्न सुरु गर्छौ ।’अध्यक्ष लामाले भने,‘ तपाईंहरुले गर्ने काम गर्नुस् अब छिटो भन्दा छिटो धार्केमा बत्ती बल्छ । त्यसपछि हाम्रो साविक इपापन्चकन्यामा सबैतिर बत्ती बल्नेछ ।’